advertisement
Send Us

सुरुङ्गा (झापा) २३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आउनुभएको छ । उहाँ आज अपराह्न इटहरीबाट आफैँ गाडी चलाएर झापा आउनुभएको हो । उहाँ दमकस्थित मिनी दरबारमा बस्नुभएको बताइएको छ । शाहको झापा बसाईं एक महिनाको हुने र उहाँका परिवारका अन्य सदस्यसमेत केही दिनमा नै झापा आउने जनाइएको छ । प्रहरीका अनुसार पूर्वा राजा […]

बुटवल, २३ पुस । सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको कारागार अवलोकन, अध्ययन तथा निरीक्षण कार्यदलले आज रुपन्देही जिल्ला कारागार भैरहवाको निरीक्षण गरेको छ । उक्त समितिका संयोजक सभासद् पञ्चकर्ण राईको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले कारागारको अवलोकन तथा निरीक्षण गरेको हो । सो अवसरमा समितिले कारागारमा रहेका कैदीबन्दीहरुसँग समेत छलफल गरेको थियो । समितिसमक्ष कैदीबन्दीहरुले […]

झापा, २३ पुस । निजी क्षेत्रको आन्तरिक वायु सेवा कम्पनी सौर्य एयरलाइन्सले आजदेखि नियमित काठमाडौँ–भद्रपुर उडान सेवा सुरु गरेको छ । नेपाली आकाशमा आन्तरिक निजी उडानको रुपमा भित्रिएको सिआरजेट २०० इन्जिन नामक ५० सिट क्षमताको विमानले भद्रपुरबाट नियमित दैनिक उडान सेवा सुरु गरेको हो । यसअघि नै काठमाडौँ र विराटनगरबाट दैनिक दुई उडान भर्दै आएको […]

धनकुटा, २३ पुस । राष्ट्रपति डा. रामवरण यादवले तोकिएको समयमै संविधान जारी गर्न दलहरु सफल हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । धनकुटामा आज पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले तोकिएको समयमै संविधान जारी गर्न दलहरुले पछिल्लो समय देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । हिमाल, पहाड […]

लम्की, २३ पुस । कैलालीका संविधानसभा सदस्य गौरीशङ्कर थारूले सभासद् कोषबाट प्राप्त रु एक करोड १० लाख बराबरको बजेटबाट पहलमानपुर गाविसलाई रु सात लाख बजेट दिने घोषणा गर्नुभएको छ । गाउँ विकास समितिको कार्यालय पहलमानपुरको सातौँ गाउँ परिषद् उद्घाटनका प्रमुख अतिथिको आसनबाट सभासद् थारूले सो बजेट दिने घोषणा गर्नुभएको हो । थारू कैलाली क्षेत्र नम्बर […]

जाजरकोट, २३ पुस । बीस वर्र्षपहिले भारतमा बेचिएकी रुकुमकी एक महिला आफ्नो घर खोज्दै जाजरकोट आइपुगेकी छन् । युवा बालपनको हेक्का राख्न नसकेपछि रुकुम जाने क्रममा उनी जाजरकोट आइपुगेकी हुन् । रुकुम खोलागाउ“को मानाकोट घर बताउने धनकुमारी भनिने राज कुमारीलाई गाउ“ले मामा नातापर्ने व्यक्तिले २० वर्Èपहिले भारतको चन्डीगढमा लिएर एक भारतीय नागरिकसँग आफूलाई बेचेको राज […]

कैलाली, २३ पुस । कैलालीमा क्रियाशील २३ राजनीतिक दलले निर्वाचन क्षेत्र विकास कोष एकलौटी रुपमा सञ्चालन भएको भन्दै सञ्चालन कार्यविधि संशोधन गर्न माग गरेका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र विकास कोष सञ्चालन कार्यविधिले जिल्लास्थित राजनीतिक पार्टीलाई बेवास्ता गरेको भन्दै संशोधनको माग गरेका हुन् । मन्त्रिपरिषद्ले गत मङ्सिर १९ गते कार्यविधिमा […]

बनेपा, २२ पुस । जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र रु दुई लाख क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (४) र ४ नम्बर बमोजिम आठ वर्ष र जर्बजस्ती करणी २ नं […]

कावासोती, २२ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको खरकट्टा जङ्गलमा आज दिउँसो बस अनियन्त्रित भई पल्ँिटदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गम्भीर घाइते कावासोती–८ की ४० वर्षीया विमला गौतम, शान्ता चापागाईं र केउरेनीकी प्रतीक्षा मगरको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

बागलुङ, २२ पुस । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आगामी माघ ८ को समय सीमाभित्रै संविधान जारी गर्न दलहरूले सहमतिको मिलनबिन्दु खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा नेता बडूले सोमबारदेखि सहमतिको वातावरण बन्दै गएको तथा सत्तापक्ष र विपक्षीबाट समेत भावी संविधानबारे प्रस्ताव आइसकेकाले दुवैलाई मिलाएर सहमति खोज्न […]