advertisement
Send Us

काठमाडौँ, २४ पुस । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव कृष्णहरि बाँस्कोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि रिक्त आयोगका आयुक्तमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो । सभामुख सुवास नेम्वाङको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा उहाँहरुलाई नियुक्त गरिएको नेपाल सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले […]

काठमाडौँ, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को रजत वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निजी विद्यालयलाई स्वायत्तताको माग गरिएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले निजी क्षेत्रका विश्वविद्यालयसमेत स्वायत्त भइसकेका सन्दर्भमा निजी विद्यालयलाई सञ्चालन गर्नेसम्बन्धी अलग्गै ऐन वा स्वायत्तता दिने नीति हुनुपर्ने माग गर्नुभएको हो । उहाँले सरकारले विभिन्न समयमा निर्देशिका […]

काठमाडौँ, २४ पुस । आगामी माघ ८ मा नै संविधान जारी गर्नुपर्ने माग विभिन्न मानवअधिकारकर्मी तथा कविले आफ्ना कवितामार्फत गरेका छन् । शान्ति तथा मानवअधिकार समाजको आयोजनामा आज यहाँ गरेको ३२ औँ ‘काव्ययात्रा’ शृङ्खलामा रामबहादुर पहाडी, गोविन्द वेदमणि, प्रकाशमणि दाहाल, ब्रह्मप्रिय प्रेमस्वरुप, कृष्ण पहाडी, ज्ञानुवाकर पौडेल, नन्दकृष्ण जोशी, भाग्यशाली अधिकारी, मनोज न्यौपाने, मोहनमणि पोखरेल, जयन्ता […]

काठमाडौँ, २४ पुस । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले रु एक अर्बको परोपकारी कोष स्थापना गर्नुभएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी अध्यक्ष घले र उहाँकी श्रीमती जमुनाद्वारा अस्ट्रेलियामा स्थापित एमआइटी ग्रुप फाउन्डेसनले उक्त कोष स्थापना गरेको हो । फाउन्डेसनले सो कोषमार्फत नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार […]

काठमाडौँ, २४ पुस । महिला तथा मानव अधिकारकर्मीले नागरिकताको सवालमा नयाँ संविधानमा ‘आमा र बाबु’ भन्दा पनि ‘आमा वा बाबु’को प्रावधान राख्नुपर्ने माग गरेका छन् । संविधानमा ‘आमा वा बाबु’ अथवा ‘आमा र बाबु’ के राख्ने भन्नेबारेमा राजनीतिक दलबीच विवाद भइरहेको अवस्थामा आमाको नामबाट नागरिकता पाउनका लागि ‘आमा र बाबुको प्रावधान राखिनुपर्ने माग गर्दै आज […]

काठमाडौँ, २४ पुस । सरकारले फ्रान्सको राजधानी पेरिसस्थित चार्ली हेब्डो समाचारपत्रको कार्यालयमा बुधबार भएको आतङ्कवादी आक्रमणबाट गम्भीर रुपमा स्तब्ध भएको जनाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा परी उक्त समाचारपत्रका सम्पादक, पत्रकार र सुरक्षाकर्मीको ज्यान गएको तथा कैयौँ घाइते भएकामा आतङ्कवादका जुनसुकै रुप र माध्यमको पनि नेपाल सरकार निन्दा गर्दछ भन्दै सञ्चारमाध्यममा भएको […]

काठमाडौँ, २४ पुस । ग्यास उद्योगीले नेपाल आयल निगम र ग्यास बिक्रेताका गैरजिम्मेवारीका कारण बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको व्यवस्थापिका–संसद् अन्तर्गतको समितिसमक्ष धारणा राखेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले खाना पकाउने ग्यास आपूर्ति सहज गराउन बनाएको उपसमितिको आजको बैठकमा निगमले ग्यासमा घाटा व्यहोर्न नचाहेका कारण अभाव भएको उद्योगीले बताएका हुन् […]

काठमाडौँ, २३ नेपाल बार एसोसिएसनको प्रतिनिधित्व गर्दै न्यायपरिषद्को सदस्य बन्नुभएका अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले आजैको मितिदेखि लागू हुनेगरी राजीनामा दिनुभएको छ । परिषद्ले यही पुस ९ गते सूचना जारी गरी वरिष्ठ अधिवक्ता, अधिवक्ता वा न्याय र कानुनको क्षेत्रमा काम गरी विशिष्ठ कानुनविद्का रूपमा काम गरी ख्यातीप्राप्त गरेका इच्छुक व्यक्तिबाट १० दिनभित्र व्यक्तिगत विवरण उपलब्ध गराउन सार्वजनिक […]

ललितपुर, २३ पुस । पुनरावेदन अदालत पाटनले काठमाडाँै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई रु एक सय जरिवाना गरेको छ । प्रदीपराज पाण्डेविरुद्ध प्रकाशराज पाण्डे भएको अंश चलन मुद्दामा न्यायाधीशद्वय चण्डिराज ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासले पुस २१ गते न्याय प्रशासन ऐन, २०४८ को दफा २९ बमोजिम जरिवाना गर्ने यस्तो आदेश दिएको हो । आदेशमा सात […]

काठमाडौँ, पुस २२ । संविधानसभाको आजको बैठकमा पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल जारी रह्यो । छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सभासद् सुरेन्द्रप्रसाद चौधरीले समितिको प्रतिवेदनले संविधानका अन्तरवस्तुमा सहमति जुटाउनुको साटो समस्या थपेको विचार व्यक्त गर्नुभयो । नेकपा (एमाले) का डा वंशीधर मिश्रले देशले हाल भोग्नुपरेका समस्या समाधान गर्न संविधान अपरिहार्य […]