advertisement
Send Us

पूर्वराजा झापामा

Click Link to Send:
Click Link to Send:

सुरुङ्गा (झापा) २३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आउनुभएको छ ।

उहाँ आज अपराह्न इटहरीबाट आफैँ गाडी चलाएर झापा आउनुभएको हो । उहाँ दमकस्थित मिनी दरबारमा बस्नुभएको बताइएको छ । शाहको झापा बसाईं एक महिनाको हुने र उहाँका परिवारका अन्य सदस्यसमेत केही दिनमा नै झापा आउने जनाइएको छ ।

प्रहरीका अनुसार पूर्वा राजा शाह लामो समयसम्म झापामा बस्ने सूचना आफूलाई प्राप्त भएकाले दरबार आसपासको क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । दमकको चिया बगानको बीचमा शाहको मिनी दरबार रहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement