advertisement
Send Us

नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २३ पुस । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुको तयारीमा रहेको नेपाली क्रिकेटका १४ सदस्यीय टोली आज दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

जनवरी १ मै दक्षिण अफ्रिका जाने तयारी भएता पनि खेलाडीको प्रवेशाज्ञा समस्या भएपछि टोलीका १३ खेलाडी र मुख्य प्रशिक्षक पुबुदु दासानायके आज त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यस्तै नेपाली टोलीका अर्का खेलाडी अमृत भट्टृराइसहितको अफिसियल टोली भने यही पुस २५ गते शुक्रबार त्यसतर्फ जाने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

उक्त नेपाली टोलीले त्यहाँको स्थानीय तीन वटा क्लबसँग अभ्यास खेल खेल्ने तय भएको क्यानका कार्यबाहक अध्यक्ष उत्तम कर्मचार्यले जानकारी दिनुभयो ।

यही जनावरी १७ देखि २४ तारिखसम्म नामिबियामा हुने डिभिजन टुको तयारीको लागि नेपाली टोली त्यसतर्फ प्रथान गरेका हु्न । टोली अभ्यास खेल खेलेपछि त्यतैबाट नामिबिया जानेछन् ।

दुई महिनाअघि मलेसियामा भएको आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रिको उपाधि जितेपछि नेपाली टोलीले डिभिजन टु खेल्ने पक्का भएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement