advertisement
Send Us

इजिप्टले मुबारकविरोधी दुई सय तीस कार्यकर्तालाई आजीवन काराबासको सजाय तोक्यो

Click Link to Send:
Click Link to Send:

Egyptकाइरो, २२ माघ । इजिप्टको अदालतले बुधबार सन् २०११ मा होसनी मुबारकको विरोधमा विद्रोह सञ्चालन गर्ने २३० कार्यकर्तालाई आजीवन कागाबासको सजाय दिने निर्णय गरेको छ । यसमा प्रमुख अभियान सञ्चालक अहमद दुमा पनि परेको न्यायिक स्रोतले जानकारी दिएको छ ।

अन्य नाबालिग ३९ प्रतिवादीलाई १० वर्षको कारावासको सजाय तोकिएको छ ।

सन् २०११ को डिसेम्बरमा काइरोको तहरिर चोकमा सुरक्षा बलसँग भिडन्तमा भाग लिएको भनी २६९ व्यक्तिलाई दोषी ठहर गरिएको छ ।

इजिप्टमा आजीवन कारावास २५ वर्ष रहेको छ । बुधबार दिइएको निर्णयमा पुनरावेदन लाग्नसक्छ ।

Your Opinion

Opinion

advertisement
advertisement