advertisement
Send Us

बजार अभावका कारण दूध बिक्री भएन

Click Link to Send:
Click Link to Send:

Milkचरिकोट, २२ माघ । दोलखाको उत्तरी क्षेत्र लापिलाङ–६ का सार्कीमान थामीले पालेको गाईको दूध बजार अभावका कारण बिक्री हुन सकेन ।

थामीले दैनिक ४० लिटर दूध उत्पादन गर्ने गरे पनि धेरैजसो दूध आफू र आफ्नो गाउँका छिमेकीलाई बाँडेर सिध्याउने गरेका छन् ।

उच्च पहाड, कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनासँग उनले करिब रु १३ लाख ८५ हजार सहयोग लिई एक वर्षदेखि व्यावसायिक गाईपालन गर्दै आएका थिए । उनले व्यावसायिक रुपमा ७० वटा गाई पाले पनि अहिले २० वटा मात्रै गाई दुहुनो छ ।

थामीले गाई पालेको स्थान र स्थानीय बजारको दूरी लामो भएकाले पनि दूध बिक्री नभएको हो । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको दुग्ध उद्योग टाढा र नजिकै कुनै पनि चिस्यान केन्द्र नभएपछि दूधबाट कुनै आम्दानी हुन सकेको छैन । जिल्लामा रहेका सरकारी निकायले स्थानीयस्तरमा उत्पादन भएको दूध बजारीकरण गर्न कुनै चासो नदिएकाले पनि दूध त्यतिकै खेर गइरहेको कृषक थामीको गुनासो छ ।

दूध बिक्री नभएपछि उनले घ्यू बनाएका छन् । परिवारमा थुप्रै सदस्य भए पनि बजारसम्म घ्यू पुर्‍याउने मान्छे नहुँदा थामी दम्पती चिन्तित छन् ।

Your Opinion

Opinion

advertisement
advertisement