advertisement
Send Us

आइएसद्वारा जोर्डनी विमानचालकको जिउदै जलाएर हत्या

Click Link to Send:
Click Link to Send:

_80771613_80771511अम्मान, २१ माघ । आफ्ना नागरिकको इस्लामिक स्टेट आइएसले हत्या गरेपछि जोर्डन सरकारले पनि उसको थुनामा रहेकी अल कायदा आवद्ध महिलालाई मृत्युदण्ड दिएको छ ।

कुराको जानकारी जोर्डनी अधिकारीहरुले बुधबार गराएका छन् । ती महिला जोर्डनको जेलमा रहेकी थिइन् । उनी अल कायदासम्बद्ध एकजना बम हमलाकारी हुन् ।

आइएस समूहले जोर्डनलाई यदि आफ्ना नागरिकको रिहाई चहने हो भने ती महिलालाई थुनामुक्त गर्नुपर्ने माग गरेको थियो । इराकी ती महिला बम हानी दर्जनौँ नागरिकको हत्या गरेको अभियोगमा थुनामा राखिएको थियो ।

जोर्डनी विमान चालकलाई अपहरणमुक्त गर्नका लागि आइएसले ती महिलालाई जेलमुक्त गर्नुपर्ने शर्त राखेका थिए ।

तर ती विमान चालकलाई आइएसले हत्या गरेको भिडियो मङ्गलबार नै सार्वजनिक गरेका छन् । जोर्डनी नागरिक ती विमान चालकलाई जिउदै जलाएर मारेको भिडियो सार्वजनिक गरेपछि ती महिलालाई पनि जोर्डनले मृत्युदण्ड दिएको हो ।

ती महिला सजिदा अल रिसवाईको कारबाहीपछि जोर्डनी थुनामा रहेका अर्का एक अल कायदाका लडाकू जियाद अल कारबोलीलाई पनि झुण्डाएर मृत्युदण्ड दिइएको बताइएको छ ।

ती दुवैलाई जोर्डनको दक्षिणी प्रान्त साक्वामा रहेको एक जेलमा बुधबार बिहानी पख स्थानीय समयअनुसार बिहान ४ बजे झुण्डाएर मृत्युदण्ड दिइएको हो ।

उनीहरुलाई मृत्युदण्ड दिइएको समाचारको पुष्टि सरकारी अधिकारीहरुले गरिसकेका छन् । जोर्डन सरकारका प्रवक्ता मोहम्मद मोमानीले उनीहरुलाई मृत्युदण्ड दिइएको समाचार सार्वजनिक गरेका छन् ।

जोर्डनका नागरिकलाई जलाएर मारिएको भनी आइएसले गरेको कारबाहीको सार्वजनिकीकरणपछि बुधबार जोर्डन नागरिकले गरेको यस कारबाहीको पनि समाचार सार्वजनिक भएको हो ।

यसअघि पनि सो आतङ्ककारी समूहले दुई जना जापानी नागरिकको हत्या गरिसकेको छ । ती मध्ये एकजना जापानी पत्रकार थिए । ती जापानी पत्रकार र जोर्डनी विमान चालकको रिहाइका लागि उक्त समूहले रिसवाइको रिहाइको माग गरेको थियो ।

जोर्डन सरकारले आफ्ना नागरिकको रिहाइका लागि यसअघि नै ती महिलालाई थुनामुक्त गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो ।
तर आइएसले ती जोर्डनी नागरिक जिवीतै रहेको यथार्थ जानकारी सार्वजनिक गर्नुपर्ने बताएको थियो ।

तर उक्त समूहले ती जोर्डनी विमान चालकलाई सार्वजनिक नगरीकनै एक्कासी जिउँदै जलाएको समाचार भिडियोमार्फत सार्वजनिक गरेको बताइएको छ ।

आफ्ना नागरिकलाई यसरी हत्या गरेको समाचार सार्वजनिक भएपछि आक्रोसित जोर्डन सरकारले पनि आफ्नो थुनामा रहेका अल कायदाका ती दुई जना नागरिकलाई मृत्युदण्ड दिएको हो ।

महिलालाई जोर्डनको राजधानी अम्मानमा सन् २००५ मा भएको बम हमलामा दोषी रहेको आरोपमा थुनामा राखिएको थियो ।
इराकी ती महिलाले गरेको सो बम हमलामा परी कम्तीमा पनि ६० जना जोर्डनी नागरिकको ज्यान गएको थियो ।

अल कायदा आवद्ध व्यक्ति कारबोलीलाई पनि सन् २००७ मा इराकमा जोर्डनी नागरिकको हत्या गरेको आरोपमा थुनामा राखिएको थियो । उनलाई सो समयमै मृत्युदण्डको सजाय सुनाएको भएपनि कार्यान्वयन भएको थिएन ।

Your Opinion

Opinion

advertisement
advertisement