advertisement
Send Us

जनवरीमा मात्रै झण्डै सात हजार पर्यटक लुम्बिनी आए

Click Link to Send:
Click Link to Send:

lumbiniबुटवल, २० माघ । स्थलमार्गको बेलहिया नाका हुँदै सन् २०१५ को पहिलो महिना जनवरीमा नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक सङ्ख्या बढेको छ ।

यस अवधिमा नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धिसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा समेत पर्यटक आगमनमा वृद्धि भएको छ ।

नेपाल–भारत सीमास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१४ जनवरीको तुलनामा यो वर्ष पर्यटक आगमन पहिलो महिना नै सुखद देखिएको छ । यो नाका हुँदै वर्षको महिलो महिना जनवरीमा नै नौ हजार ६३१ पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालयका बेलहियाका प्रमुख अधिकृत केशवराज शर्माका अनुसार सन् २०१४ को जनवरीमा यो नाका हँुदै जम्मा छ हजार ७७८ पर्यटक (भारतीयबाहेक) नेपाल आएका थिए ।

विगत वर्षभन्दा अहिले पर्यटक वृद्धि हुनुलाई यस क्षेत्रका पर्यटन व्यवसायीले सकारात्मक रुपमा लिएका छन् ।

जनवरी २०१५ मा सबैभन्दा बढी थाइल्यान्डका दुई हजार ६५१ पर्यटक स्थलनाकाबाट आएका छन् । यस्तै म्यान्मारका दुई हजार १०३, दक्षिण कोरियाका एक हजार ८२०, चीनका ६७५, ताइवानका ५१७, अस्ट्रेलियाका २०८, भियतनाम १७५, मलेसियाका १३६, जापानका १२३, श्रीलङ्काका १०६, ब्रिटिस १०२ लगायत १२१ देशका पर्यटक आएका छन् ।

बेलहिया स्थलनाका काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकको आगमन हुने सबैभन्दा ठूलो नाका हो । यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकमध्ये झन्डै ९८ प्रतिशत पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो ।

यही अवधिमा बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१४ जनवरी महिनाको तुलनामा बाह्य पर्यटकको आगमनमा १२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा १० हजार ३०० जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोष सूचना शाखाले जनाएको छ । यो सङ्ख्या अघिल्लो वर्षको यसै अवधिमा आठ हजार ३८८ जनाले लुम्बिनी भ्रमण गरेका थिए ।

कोषको सूचना शाखाका अनुसार यस वर्षको पहिलो महिनामा थाइल्यान्डका दुई हजार ११७ जना, चाइनाका दुई हजार ३६ जना, म्यानमारका एक हजार ८८६ र दक्षिण कोरियाका एक हजार ८०० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

यसैगरी, सन् २०१५ को जनवरीमा छ हजार ९४२ जना भारतीय पर्यटक तथा ४४ हजार ८७९ जनाले लुम्बिनी भ्रमण गरेका तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या पनि गत वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement