advertisement
Send Us

सुन्दरीको सेल्फीले हंगामा

Click Link to Send:
Click Link to Send:

kelly-brook8एजेन्सी । यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै शत्रुता छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ। ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र इजरायलकी सुन्दरीसँग सेल्फी खिचेपछि अहिले लेबनानमा हंगामा मच्चिएको छ।

शत्रु राष्ट्रकी सुन्दरीसँग मुसुक्क हाँसेर सेल्फी खिच्ने मिस लेबनान स्याली ग्रेगलाई बर्खास्त गर्न र मिस लेबनानको उपाधि खोस्न धेरै लेबनानी जनताले माग गरेका छन्।

आगामी जनबरी २५ मा हुने ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेका मिस इजरायल डोरोन म्याटालन र मिस लेबनान स्याली ग्रेगले मियामीमा भेट गरी मुस्कुराएर सँगै सेल्फी खिचाएका थिए। लेबनानी सुन्दरीसँगको सेल्फी तस्वीरलाई मिस इजरायल डोरोनले इन्स्टाग्राममा पोष्ट गरेपछि लेबनानी जनता आगो भएका हुन्।

लेबनान र इजरायलबीच लामो समयदेखि वैमनश्यता रहँदै आएको छ। प्राविधिक रुपमा यी दुई देशहरु अहिले पनि युद्धमै रहेका भए पनि सन् २००६ देखि सीमा क्षेत्रमा भिडन्त भने भएको छैन। इजरायल पुग्ने लेबनानीहरुलाई इजरायलले जेलमा हाल्ने गरेको छ भने लेबनानले सबै इजरायली बस्तुलाई लेबनानमा प्रतिबन्ध लगाएको छ।

शत्रु राष्ट्रकी प्रतियोगीसँग सम्बन्ध राखेको हुँदा मिस लेबनान ग्रेगीले आफ्नो राष्ट्रिय सुन्दरीको ताज गुमाएको भन्दै धेरै लेबनानीहरुले सोसल मिडियामा आक्रोस पोखिरहेका न्युयोर्क पोष्टले उल्लेख गरेको छ तर ग्रेगीले भने इजरायली सुन्दरी म्याटालनले आफूलाई सँगै तस्वीर खिचाउनका लागि कर गरेर तस्वीर खिचेको र पछि त्यसलाई अनलाइनमा राखेर आफूलाई धोका दिएको भन्दै इन्टाग्राममार्फत प्रष्टिकरण दिएकी छिन्।

आफू अमेरिका आएको दिनदेखि नै मिस इजरायलसँग बोलचाल नगर्न तथा तस्वीर नखिच्नका लागि निकै सतर्क हुँदै आएको र उनले निकै कर गरेको ग्रेगीको दाबी छ। आफूले जापान, स्लोभानिया लगायतका देशका सुन्दरीसँग तस्वीर खिचाइरहेको बेलामा मिस इजरायल फुत्त आएर आफूलाई छक्काएर तस्वीर खिचेको र सोसल मिडियामा अपलोड गरेको उनको जिकिर छ।

पत्रपत्रिका साभार

Your Opinion

Opinion

advertisement
advertisement