advertisement
Send Us

इजिप्टमा आइएसको आक्रमण, २६ सैनिकको मृत्यु

Click Link to Send:
Click Link to Send:

am_ruकायरो १६ माघ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा बिहीबार आइएसका आतङ्ककारीहरुले गरेको रकेट प्रहार र अर्काे एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ ।

इजिप्टको प्रहरीले यस इलाकामा आइएसको नै आक्रमण भएको बताएको छ । साथै उसले इजिप्टको सेनासँग उक्त आतङ्ककारी समूहका सदस्यले सङ्घर्ष जारी राखेका पनि बताएको छ ।

इजिप्टका राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरी सैनिक प्रमुख अब्दुल फताह अल सिसीले सन् २०१३ मा शासन सत्ता हत्याएपछि सिनाई प्रायद्विपमा जिहादी समूहले सुरक्षाबलमाथि नियमित आक्रमण गर्दै आएका बताइएको छ ।

सो सिनाई प्रान्तको प्रान्तीय राजधानी एल अरिसमा बिहीबार आक्रमण भएको हो । सो केन्द्रमा केही समययतादेखि आइएसको प्रभाव बढ्दै गएको बताइएको थियो ।

सैनिक शिविर, प्रहरी प्रमुख कार्यालय, सैनिक र प्रहरीको आवासीय भवनहरु रहेको यस इलाका गत अक्टोबरदेखि नै आतङ्ककारीहरुको तारो बन्दै आएको अधिकारीहरुले बताएका छन् ।

केही मिनेटभित्रमा गरिएको कयौं रकेट र एक आत्मघाती कारबम आक्रमणमा मारिएका २६ व्यक्तिमा प्रायः सैनिक नै रहेका जनाइएको छ ।

सो आक्रमणमा मारिएका व्यक्ति प्रायः सैनिक नै रहेको पाइएको छ । तर त्यसको विस्तृत विवरण आउन बाँकी छ । केही व्यक्ति घाइते पनि भएका छन् ।

इस्लामिक स्टेट समूहको इजिप्टसँग आवद्ध अन्सार बैट अल माकिदसले यस आक्रमणको जिम्मा लिएको सो समूहले ट्वीटर एकाउन्टमा जानकारी दिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement