advertisement
Send Us

ओबामाको प्रस्तावप्रति पाकिस्तानको आपत्ति

Click Link to Send:
Click Link to Send:

Pakistanइस्लामावाद,१५ माघ । भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने भनी अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको प्रस्तावप्रति पाकिस्तानले आपत्ति जनाएको छ ।

हालै भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणका क्रममा उहाँले सो प्रस्ताव गर्नुभएको थियो । तर सो प्रस्ताव आपत्तिजनक भएको र त्यसका विरोधमा रहेको भनी बिहीबार पाकिस्तानले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति ओबामाले भारत भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यता लिने सम्बन्धी विषयमा अमेरिकाको समर्थन रहने र सोही अनुरुप पुनर्संरचना गरिनुपर्ने बताउनुभएको थियो ।

पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता तस्निम अस्लामले भन्नुभयो– भारत संयुक्त राष्ट्रसंघको स्थायी सदस्यताका लागि योग्य छैन, किनभने उसले राष्ट्रसंघकै प्रस्तावको हनन् गरिरहेको छ ।

उहाँका अनुसार भारतले जम्मु र काश्मिरका बारेमा संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावकै पालना गरिरहेको छैन । भारतले ती क्षेत्रका नागरिकको मानवअधिकार पनि हनन् गरेको आरोप उहाँले लगाउनुभयो ।

पाकिस्तानी विदेशमन्त्रालयको साप्ताहिक पत्रकार भेटका क्रममा बिहीबार आयोजित कार्यक्रममा उहाँले भारतले जम्मु र काश्मिरका नागरिकको आफैले निर्णय गर्न पाउने भनी राष्ट्रसंघले पारित गरेको प्रस्तावको हनन् गरेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघलाई अहिलेको भन्दा बढी प्रजातान्त्रिक, समावेशी एवम् विश्वका सबै नागरिकका लागि समान सहयोगी संस्थाका रुपमा यसको पुनर्संरचना गरिनुपर्ने विषयमा भने आफुहरु पनि सहमत रहेको उहाँले बताउनुभयो ।

यसका साथै भारत र अमेरिकाका बीचमा हुने भनिएको पारमाणविक सम्झौताका बारेमा पनि पाकिस्तानले गहिरो चासो व्यक्त गरेको छ ।
सो विषयमा सोधिएको एक प्रश्नमा प्रवक्ता अस्लामले भन्नुभयो– यसप्रति पनि हामीले आफ्नो तर्फबाट विरोध गरिसकेका छौं किनभने यदि यो सम्झौता लागू भयोभने यसले दक्षिण एसियाली क्षेत्रमा नै अस्थिरता निम्त्याउने छ ।

Your Opinion

Opinion

advertisement
advertisement