advertisement
Send Us

एक हप्ताभित्र ग्यास आपूर्ति सहज

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १५ माघ । आगामी एक हप्ताभित्र ग्यास सहज हुने सरोकारवालाले बताएका छन् ।

मिडिया इन्टरनेसनलद्वारा आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा इन्डियन आयल कर्पोरेसनबाट ग्यास पठाइसकेको जानकारी दिँदै उनीहरुले अब केहीदिनमै ग्यासको अभाव कम हुने बताए ।

वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले माग र आपूर्तिको सन्तुलन हुननसक्दा ग्यास अभाव भएको बताउनुभयो ।

उहाँले यातायातको सुविधासँगै ग्यास क्रेताको सङ्या बढेको भन्दै यसलाई अध्ययन गर्न नसक्दा ग्यास अभाव भएको बताउनुभयो ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सन् २०१४ जनवरीको तुलनामा अहिले दुई हजार मेट्रिक टन कम आपूर्ति भएकाले उक्त अवस्था भोग्नुपरेकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतको वर्षको तुलनामा पाँच हजार मेट्रिक टन बढी ग्यास आपूर्ति हुनुपर्नेमा उल्टै दुई हजार मेट्रिक टन कम आएको छ ।”

एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आयात र बजारको तालमेल मिलाउन नसक्दा उक्त समस्या आएको बताउनुभयो ।

“आजदेखि काठमाडौँ उपत्यकालाई सात भागमा विभाजन गरेर ग्यास वितरण गरेका छौँ, अब चाँडै यो समस्या अन्त्य हुन्छ”– उहाँले भन्नुभयो ।

ग्यास विक्रेता महासङ्घका अध्यक्ष किशोरकुमार केसीले ग्यासको अभाव हुन्छ भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि यसको व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था भोग्नुपरेको बताउनुभयो ।

कार्यक्रममा ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले पुराना कम्पनीका सिलिण्डर बजारमा बढी भएका कारण बजारमा ग्यास अभाव भएको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement