advertisement
Send Us

पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन चिडियाखाना निर्माणको पहल

Click Link to Send:
Click Link to Send:

phewa-tal- pokhraraकास्की, १५ माघ । पर्यटकीय नगर पोखरामा पर्यटकलाई लोभ्याउन चिडियाखाना निर्माणको पहल थालिएको छ ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माणका लागि समिति नै गठन गरिएको हो । चिडियाखाना निर्माण अध्ययन समितिको संयोजकको जिम्मेवारी यहाँको अमरसिंहचोकमा रहेको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले लिएका छन् । प्रस्तावित १५ सदस्यीय समितिको सहसंयोजकमा जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रमुख रहने व्यवस्था गरिएको छ ।

चिडियाखाना बन्न सके पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिने र यहाँ आउने पर्यटकको बसाइँ लम्बिने भएकाले चिडियाखाना निर्माणमा जोड दिइएको हो । अहिले पोखरामा पर्यटकको बसाइँ औसत साढे २ दिनको रहेको छ । चिडियाखाना कहाँ बनाउने भन्नेबारे केही निर्णय त भएको छैन तर अध्ययन भने थालिएको छ ।

विभिन्न सरोकारवाला निकायले पोखरामा चिडियाखाना निर्माणको चर्चा गर्दै आए पनि ठोस रुपमा युनाइटेड क्लबले नै यो विषयलाई अगाडि बढाएको हो । क्लबले बर्सेनि आयोजना गर्दै आएको पोखरा महोत्सवबाट हुने आम्दानीको २५ प्रतिशत रकम पोखरामा चिडियाखाना निर्माणका लागि छुट्याएर यो अभियानको थालनी गरेको क्लबका अध्यक्ष बख्रेलले बताउनुभयो ।

उहाँका अनुसार क्लबले २०६७ सालमा पहिलोपटक पोखरा महोत्सवको आयोजना गर्दादेखि महोत्सवको चौथो संस्करण २०७० सम्ममा चिडियाखाना निर्माणका लागि रु नौ लाख ५० हजार जम्मा भइसकेको छ । सो रकम क्लब र जिल्ला विकास समिति कास्कीको संयुक्त खातामा रहेको र चिडियाखाना बनाउन ‘बीउ पैसा’ का रुपमा राखिएको क्लबका अध्यक्ष बख्रेलले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement