advertisement
Send Us

क्रिकेटर गौचनलाई पितृशोक

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ ।

भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

दुर्घटनामा परी गौचनका पिताको मस्तिकमा गम्भीर चोटको लागेको थियो । उहाँको पार्थिब शरिरलाई थकाली परम्पराअनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय गौचनका शक्ति एक मात्र छोरा हुन ।

स्वर्गीय खड्गप्रसादलाई श्रद्धाञ्जलि अर्पण गर्न नेपाल क्रिकेट सङ्घका पदाधिकारी, राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायके र क्रिकेट खेलाडीहरू आर्यघाट पुग्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement