advertisement
Send Us

होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउने पक्राउ

Click Link to Send:
Click Link to Send:

सुरुङ्गा (झापा) १४ माघ । होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउँदै आएका विर्तामोड निवासी होटल सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनीहरूसँगै प्रहरीले अन्य तीन युवतीलाई समेत आज नियन्त्रणमा लिएको छ ।

विगत लामो समयदेखि उक्त होटलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये होटल सञ्चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement