advertisement
Send Us

जातीय सङ्घीयतामा जान सकिँदैन –नेता अधिकारी

Click Link to Send:
Click Link to Send:

त्रिशूली(नुवाकोट), १४ माघ । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले पहाड र तराईलाई छुट्याएर र जातीय आधारको सङ्घीयतामा जान नसकिने बताउनुभएको छ ।

आज खानीगाउँ गाविस–८ को महालक्ष्मी प्राविमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक कार्यक्रमको उद्घाटन गर्दे नेता अधिकारीले पहाड र तराईलाई विभाजन गरी विखण्डन ल्याउने कार्यमा एमालेले कहिले पनि साथ नदिने बताउनुभयो ।

उहाँले नयाँ संविधानमा सबै जातिलाई समेटेर लैजान एमाले तयार छ भन्नुभयो ।

कार्यक्रममा ५३ जना विद्यार्थीलाई पोसाक र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । कक्षा २, ३, ४ र ५ मा प्रथम भएका चार विद्यार्थीलाई रु दुई हजारसमेत प्रदान गरिएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement