advertisement
Send Us

नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १४ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको आज बसेको बैठकले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ ।

हालै नामिबियामा सम्पन्न आईसीसी विश्व लिग क्रिकेट डिभिजन दुईको तेस्रोमा केन्या र चौथोमा नेपाल छनोट भएको थियो । नामिबियामा डिभिजन दुईको उत्कृष्ट खेल प्रदर्शन गरेका कारण नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको हो ।

दुबईमा आज सम्पन्न बैठकले केन्या र नेपाललाई वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।

नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्यान्ड, पपुवा न्यूगिनी, स्कटल्यान्ड र युएईसँग वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई–दुई खेल खेल्नेछ ।

Your Opinion

Opinion

advertisement
advertisement