advertisement
Send Us

भारतीय प्रधानमन्त्री आफ्नै नाम छापिएको सुट लगाउँदा हाँसोमा

Click Link to Send:
Click Link to Send:

नयाँ दिल्ली, १२ माघ । भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा प्राप्त गर्नुभएको थियो । यसपटक उहाँले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा उहाँ हाँसोको पात्र बन्नुभएको छ ।

भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उहाँकै नाम छापिएको धर्के सुट लगाउनुभएको थियो । उहाँले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिनुभएको देखिएको छ ।

modiप्रधानमन्त्री मोदीले उक्त वार्ताका समयमा सोमबार उनको धर्केदार सुट लगाउनुभएको थियो । उक्त सुटमा स्पष्ट देखिने गुलाबी अक्षरका धर्का थिए र ती धर्कामा नरेन्द्र दामोदरदास मोदी भनी अङ्ग्रेजी अक्षर छापिएका थिए । उक्त सुटलाई क्यामराले नजिकबाट देखाउँदा मात्र ती नाम देखिएका हुन् ।

क्यामराले ठूलो बनाएर देखाइएको उक्त चित्र इन्टरनेटमा व्यापक रुपमा प्रसारण भयो । उक्त चित्रको सामाजिक सञ्जालका प्रयोगकर्ताले मोदीसुटको नाममा निकै हाँसो उडाएका छन् ।

एक टिप्पणीकर्ताले ट्विटमा उक्त सुटलाई मुर्खतापूर्ण सुटको नाम दिएका छन् । उनले प्रधानमन्त्री अरुले आफ्नो लुगा चोरिदिन्छन् भनी डराएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपतिलाई कुर्तामा स्वागत गर्नुभएको थियो । यस सुटले पनि अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको थिएन ।

राष्ट्रपति ओबामाले साँझको भोजमा मोदीको लुगा लगाउने कुराको प्रशंसा गर्नुभएको थियो । उहाँले आफूले पनि कुर्ता लगाउने विषयमा विचार गरेको बताउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी मात्रै आफ्नो नाम भएको लुगा लगाउने पहिला नेता भने होइनन् । सन् २०११ मा इजिप्टका पूर्व नेता होसनी मुबारकले पनि यस्तै साना अक्षरले लेखिएको धर्का भएका र उक्त अक्षरबाट आफ्नै नाम लेखिएको सुट लगाएर फोटो खिचाउनुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement