advertisement
Send Us

१६ जीबीको आइफोनमा १२ जीबी दिएको भन्दै एप्पल विरुद्ध मुद्दा

Click Link to Send:
Click Link to Send:

आफ्नो अपरेटिङ सिस्टम ‘आइओएस ८’ ले ओगट्ने मेमोरी स्पेसका विषयमा उपभोक्तालाई जानकारी नगराई ढाँटेको आरोपमा आइफोन निर्माता कम्पनी एप्पलमाथि मुद्दा लागेको छ । आइपड, आइफोन तथा आइप्याडहरुमा लेखिएबमोजिम स्पेश नभएको भन्दै अमेरिकी उपभोक्ताले एप्पलमाथि मुद्दा दायर गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा मियामीका बासिन्दा पाउल ओर्शान र क्रिस्टोफर इन्डाराले एप्पल विरुद्ध मुद्दा दर्ता गरेका छन् । एप्पलका डिभाइसहरुमा भनिएभन्दा करिव २३ प्रतिशत कम मेमोरी रहेको दावी गर्दै उनीहरुले मुद्दा दायर गरेका छन् ।
साथै पुरानो ‘आइओएस-७’ अपरेटिङ सिस्टमबाट ‘आइओएस-८’ मा अपग्रेड गर्नका लागि उपभोक्ताले आफ्नो ग्याजेटको थप १.३ जिबी स्पेश गुमाउनु परेको तथ्य समेत वादीपक्षको छ ।
एप्पललका ग्याजेटहरुमा दाबी गरिए अनुसारको स्टोरेज क्षमता नहुँदा उपभोक्ताका ग्याजेटहरुको मेमोरी छिटै भरिने र त्यसपछि उपभोक्ताहरु पैसा तिरेर आइक्लाउड स्टोरेज सिस्टम खरीद गर्न बाध्य हुने व्यहोरा समेत निवेदनमा गरिएको छ । उनीहरुले एप्पलको यस्तो कामले एप्पल डिभाइस उपभोक्ताको दशौँ लाख डलर नोक्सान पुगेको भन्दै ठूलो रकम क्षतिपूर्ति समेत दाबी गरेका छन् ।

गएको सेप्टेम्बरको अन्त्यतिर एप्पलले ‘आइओएस-८’को पछिल्लो अपग्रेड सार्वजनिक गरेको थियो । तर आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई यो अपग्रेडले निकम्मा बनाइदिएपछि एप्पलले पहिलो संस्करणको ‘आइओएस-८’ अपग्रेड फिर्ता लिन बाध्य भएको थियो । एप्पलले यस्तो त्रुटीपूर्ण अपरेटिङ सिस्टमको लागि माफी समेत मागेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement