advertisement
Send Us

प्रश्नावली समिति निर्माण समितिसम्बन्धी प्रस्तावले समाधान पाउँछ : नेका, एमाले

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ९ माघ । नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानसभाको यही माघ ११ गते बस्ने बैठकमा प्रश्नावली निर्माण समिति गठनसम्बन्धी प्रस्तावले उचित समाधान पाउने कुरालाई स्वागत गरेका छन् ।

सभाध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा (माओवादी)लगायत मधेसी मोर्चाका सभासद्ले संविधानसभाको आजको बैठकमा नाराबाजी गरिरहँदा उहाँले बैठकलाई सो जानकारी गराउँदै भन्नुभयो, “अब संविधान लेखनका लागि प्रक्रियामा अगाडि बढ्नुको अर्काे विकल्प छैन । ” सो प्रस्तावलाई संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्न नदिनका लागि एमाओवादीलगायत मोर्चाले संविधासभाको बैठक अवरुद्ध गरिरहेका छन् ।

बैठकबाट बाहिरिने क्रममा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यसूचीमा रहेको विषयले अर्काे बैठकमा निष्कर्ष पाउने सभाध्यक्ष नेम्वाङले बैठकमा भन्नुभएको कुरा स्वागतयोग्य रहेको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले भन्नुभयो–“अब हामी माघ ११ गते अपराह्न १ बजेको प्रतीक्षामा छौँ, सो दिन उचित निकास निस्कन्छ ।”

त्यसैगरी एमालेका वरिष्ठ नेता झलनाथ खनालले आइतबार बस्ने संविधानसभाको बैठकले प्रस्ताव निर्माण समितिसम्बन्धी प्रस्ताव पारित गर्ने र अवरुद्ध संविधानसभा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रस्ताव निर्माण समिति गठन साथमा संविधान लेखनका काम पनि सुरु हुन्छ भन्नुभयो ।
माघ ११ गते उपस्थित हुन आग्रह
काँग्रेस र एमालेले आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुनका लागि आफ्ना सभासद्लाई निर्देशन दिएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न संयुक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका उपसभापति पौडेलले सो निर्देशन दिनुभएको हो ।

Your Opinion

Opinion

advertisement
advertisement