advertisement
Send Us

वार्षिक तीन हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित

Click Link to Send:
Click Link to Send:

ललितपुर, ९ माघ । नेपालमा हरेक वर्ष करिब तीन हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित हुने गरेका छन् ।

आज यहाँ ६२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा दि लेप्रोसी मिसन नेपालद्वारा आयोजित कार्यक्रममा संस्थाका राष्ट्रिय निर्देशक डा शुभाकर कँडेलका अनुसार नेपालमा हालसम्म एक लाख ७५ हजारले यस रोगको उपचार गराइसकेका र हरेक एक वर्षमा तीन हजार व्यक्ति प्रभावित हुने गरेका छन् ।

उहाँका अनुसार नेपालमा हालसम्ममा ३१ हजार व्यक्ति यो रोगकै कारणले अङ्गभङ्ग भएका छन् । यो रोग नेपालमा विशेषगरी तराईका जिल्लाका नागरिकलाई हुने गरेको छ ।

कार्यक्रममा कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले यो रोग लाग्न सुरु गरेको छ महिनामा यसको उपचार भए पूर्णरुपमा निको हुने बताउनुभयो । डा पाण्डेले यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने बताउँदै शरीरमा नचिलाउने फुस्रो दाग देखापरेमा तुरुन्त उपचार गराउन सल्लाह दिनुभयो ।

सो अवसरमा चिकित्सकले यस रोगले मानिसको मृत्यु नभए पनि समयमा नै उपचार नगराउँदा अङ्गभङ्ग हुने भएकाले समयमा नै सचेत हुन आग्रह गरिरहँदा कुष्ठरोग प्रभावितलाई पूर्वजन्मको पापको फल भन्दै समाज र परिवारले नै हेलाको भावले हेर्ने गरेकाले निरास हुनु परेको पीडितले गुनासो गरेका थिए ।

यस वर्षका लागि ‘कुष्ठरोग मुक्त समाजको परिकल्पना, नयाँ प्रविधि, मानवअधिकार र पुनःस्थापना’ भन्ने नाराको साथ सुरु भएको सो कार्यक्रममा रोगबाट प्रभावित व्यक्तिले रोगसँग सम्बन्धित चेतनात्मक कलासमेत प्रस्तुत गरेका थिए ।

Your Opinion

Opinion

advertisement
advertisement