advertisement
Send Us

तीन लाख रुपैयाँ घुस लिँदालिँदै अमिन पक्राउ

Click Link to Send:
Click Link to Send:

सुरुङ्गा (झापा), ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज झापाको काँकरभिट्टाबाट सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालयका एक अमिन (सर्भेक्षक) लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन नम्बर नापी टोली काँकरभिट्टाका अमिन रवीन्द्र पासवान रहेको आयोगको पूर्वक्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा गएको टोलीले अमिन पासवानलाई सेवाग्राही मेचीनगर–१० काँकरभिट्टा निवासी गङ्गा कोइरालासँग घुस लिँदालिँदै पक्राउ गरेको जनाइएको छ । २०२४ सालको नापी भएको कोइरालाको जग्गाको नापी गर्दा ६ धुर नहर बढी देखिएपछि स्रेस्ता कायम गराउन उनले गत असोजमा निवेदन दिएको बताइएको छ ।

घुस नलिई अमिन पासवानले काम नगरेपछि आज तीन लाख रुपैयाँ घुस बुझाउने क्रममा उनलाई अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको आयोग पूर्वक्षेत्रीय कार्यालयका उपसचिव माधवप्रसाद सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि विषेश अदालत काठमाडौँ पठाउने तयारी भइरहेको उपसचिव सुवेदीको भनाइ छ ।

Your Opinion

Opinion

advertisement
advertisement