advertisement
Send Us

पूर्व सभासद् बोहराप्रति श्रद्धाञ्जलि

Click Link to Send:
Click Link to Send:

दार्चुला, ७ माघ । मङ्गलबार राति उपचार क्रममा काठमाडाँैमा निधन भएका नेकपा (एमाले)का पूर्व सभासद् गोपालसिंह बोहराप्रति आज दार्चुलामा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ता र विभिन्न क्षेत्रका व्यक्तित्वले स्वर्गिय बोहराको फोटोमा माल्यापर्ण गरेका थिए ।

नेता बोहराको शोकमा तीन दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने तथा गाउँ कमिटीले पनि श्रद्धाञ्जलिसभा राखेको एमाले दार्चुलाले जनाएको छ ।

मुटु रोगबाट पीडित बोहराको ६८ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

बोहरा माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नका लागि गठित सेना समायोजन विशेष समितिमा सदस्यसमेत हुनुहन्थ्यो ।

उहाँले २०६४ सालमा भएको पहिलो संविधानसभामा नेकपा (एमाले)बाट सभासद् बन्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement