advertisement
Send Us

राष्ट्रिय लिग फुटबल : मनाङ मस्र्याङ्दी विजयी

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ७ माघ । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब विजयी भएको छ ।

दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले सुदूरपश्चिमाञ्चल फुटबल क्बल कैलालीलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो । यो जितसँगै मनाङ मस्र्याङ्दीले तीन अङ्क जोडेको छ ।

मनाङ मस्र्याङदीका विदेशी खेलाडी मोविले स्टेफनले खेल सुरु भएको ४ मिनेटमै पहिलो गोल गर्दै खाता खोले । त्यस्तै मनाङ मस्र्याङ्दीका अर्का खेलाडी शिव श्रेष्ठले खेलको ५० औँ मिनेटमा एक गोल थप्दै अग्रतालाई दोब्बर बनाए भने अनिल गुरुङले खेलको ६२ औँ मिनेटमा थप एक गोल गरे ।
उपत्यका र मोफसलका गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेको उक्त प्रतियोगिताको विजेता टोलीले रु एक करोड प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा उपविजेता हुने टोलीले ले रु ५० लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड फरवार्ड र प्रशिक्षकले जनही एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रत्येक सहभागी टोलीले एक अर्को टोलीसँग एक खेल ‘होम’मा र एक खेल ‘अवे’मा खेल्नेछन् । जम्मा ७२ खेल हुने उक्त प्रतियोगितामा ४० खेल उपत्यकामा र ३२ खेल उपत्यका बाहिर हुनेछन् ।

Your Opinion

Opinion

advertisement
advertisement