advertisement
Send Us

मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता सुरु

Click Link to Send:
Click Link to Send:

पोखरा, २२ पुस । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा आजदेखि पोखरा रङ्गशालामा मनकामना केवुलकार पोखरा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विदेशी तथा स्थानीय गरी १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीलाई रु तीन लाख ५५ हजार र ट्रफी, उपविजेता टोलीलाई रु दुई लाख एक हजार ट्रफी तथा अन्य उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने कार्यक्रम छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिताबाट खेलाडीको शारीरिक तथा मानसिक विकास हुने धारणा राख्नुभयो । प्रतियोगिता आगामी माघ ३ गतेसम्म चल्नेछ ।

Your Opinion

Opinion

advertisement
advertisement