advertisement
Send Us

विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालको दोस्रो जित, क्यानाडा पराजित

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ६ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालले आफ्नो तेस्रो खेलमा क्यानाडालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

नामिबियाको राजधानी विन्डहोेकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले क्यानाडालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो ।

यसअघि भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । त्यस्तै प्रतियोगिताको पहिलो खेलमा भने नेपाल अफ्रिकी प्रतिद्वन्द्वी युगान्डासँग दुई रनले पराजित हुन पुगेको थियो ।

पहिले व्याटिङ् गरेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनको सामान्य योगफल तयार ग¥यो । जवाफी व्याटिङमा उत्रेको नेपालले ३१ दशमलव १ ओभरमा क्यानाडाको लक्ष्यलाई भेट्टाउँदै जित हासिल ग¥यो । जितसँगै नेपालको डिभिजन एकमा बढुवा हुने सम्भावना जिवितै छ भने डिभिजन दुईमा यथावत रहने सम्भावना पनि प्रबल बनेको छ ।

प्रतियोगितामा नेपालको सुरुवात भने राम्रो थिएन । खेलको दोस्रो ओभरको तेस्रो बलमा रन नै नजोडी नरेश बुढाऐर क्याट आउट भए भने चौथो बलमा सुवास खकुरेल पनि क्याट आउट हुन पुगेपछि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले संयमित खेल्दै नेपाली इनिङलाई उकासे ।

नेपालको जितमा कप्तान खड्काले सर्वाधिक ७७ रनको योगदान दिँदै आउट भए । त्यस्तै, उपकप्तान मल्ल ३२ रनमा अविजित रहे भने अर्का व्याट्सम्यान विनोद भण्डारी एक रनमा अविजित रहे ।

प्रतियोगितामा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानाडाका व्याट्स्म्यानहरु सुरुवात देखि नै निकै दबाबमा आएका थिए । क्यानाडालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले पाँच विकेट लिए । उनले खेलको १० ओभरमा बलिङ सुरु गर्दै २६ रन खर्चँदै पाँच विकेट लिएका हुन । केसीको यो अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पहिलो सहभागिता हो ।

त्यसैगरी, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए । क्यानाडाका लागि भने धिनदसाले सर्वाधिक २५ रनको योगदान दिएका थिए भने हनसराले २२, दुत्तले २०, गुनस्केराले १२, देसाईले ११ र हमज तारिकले १० रन जोड्नुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् ।

नेपालले भोलि आफनो चौथो खेल आयोजक नामिबियासँग खेल्नेछ । अहिलेसम्म नेपाल र नामिबियाबीच तीन खेल भएका छन् जसमा सबै खेल नामिबियाको पक्षमा थिए ।

नेपाललाई पराजित गर्दै नामिबिया सन् २००३ को विश्वकपमा छनोट भएको थियो भने सन् २००१ मा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाललाई नामिबियाले सजिलै हराएको थियो । गतवर्ष न्युुजिल्यान्डको विश्वकप छनोटको अभ्यास खेलमा पनि नामिबियाले नेपालमाथि चार रनको सहज जित दर्ता गराएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement