advertisement
Send Us

पत्रकारमाथि आक्रमण पार्टीको नीतिविपरीत – शर्मा

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ६ माघ । एकीकृत नेकपा (माओवादी) ले आन्दोलन सफल भएको भन्दै आन्दोलनमा सहयोग र समर्थन गर्नेलाई धन्यवाद दिएको छ ।

एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रवक्ता दिनानाथ शर्माले आन्दोलनका क्रममा केही स्थानमा झडप भएको र पार्टीका केन्द्रीय सदस्य खगराज भट्टका भाई उमेश भट्ट नेपाली काँग्रेसका कार्यकर्ताको कुटपीटबाट घाइते भएको जानकारी दिनुभयो ।

उहाँले पर्वतमा एमाले कार्यकर्ताले बन्दविरुद्ध मोटरसाइकल ¥याली निकाल्दा झड्प भएको र बन्दका क्रममा मुलुकभर करिब १०० जना पक्राउ परेको र कतिपय स्थानमा प्रहरी हस्तक्षेपले गर्दा झडप भएकोप्रति निन्दा व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले शान्तिपूर्वक आन्दोलन गर्न पाउनु नैसर्गिक अधिकार भएको भन्दै आन्दोलनकारी अनुशासित, मर्यादित र संयमित हुनसमेत आग्रह गर्नुभयो ।

संविधानसभामा सोमबार रातिको घटना सत्तापक्षको दम्भ र वलमिचाँईले गर्दा भएको आरोप लगाउँदै उहाँले सहमतिमा संविधान जारी गर्न आफूहरु प्रतिवद्ध रहेको दोहो¥याउनुभयो ।

प्रवक्ता शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि दुई दिनको समय माग गरेको अवस्थामा सत्तापक्षको आग्रहमा सभामुख सुवास नेम्वाङले फरक व्यवहार देखाई प्रक्रिया अगाडि बढाउन खोज्दा झडपको वातावरण उत्पन्न भएको दाबी गर्नुभयो ।

प्रवक्ता शर्माले सञ्चारमाध्यमका सवारी र पत्रकारमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको भन्दै पार्टीको नीतिविपरीत भएको घटनाप्रति क्षमा याचना गर्दछु भन्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement