advertisement
Send Us

आइसिसी क्रिकेटमा क्यानाडाद्वारा नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ६ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा क्यानाडाले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियास्थित विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनको सामान्य योगफल तयार ग¥यो ।

क्यानाडालाई ११४ रनमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले पाँच विकेट लिए । उनले खेलको १० ओभरमा बलिङ सुरु गर्दै २६ रन खर्चँदै पाँच विकेट लिएका हुन । केसीले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

त्यसैगरी, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए । क्यानाडाका लागि भने धिनदसाले सर्वाधिक २५ रनको योगदान दिए भने हनसराले २२ रन जोडे ।

त्यस्तै, क्यानाडाका अर्का व्याट्स्म्यान दुत्तले २०, गुनस्केराले १२, देसाईले ११ र हमज तारिकले १० रन जोडे । अहिले नेपाल जवाफी व्याटिङमा उत्रेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement