advertisement
Send Us

राजविराज नगरपालिकाको बजेट रु १० करोड ९० लाख

Click Link to Send:
Click Link to Send:

राजविराज, ६ माघ । राजविराज नगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ का
लागि रु १० करोड ९० लाख ७० हजारको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको सो विवरणमा आय तर्फ रु एक करोड ६३ लाख
११ हजार, नेपाल सरकारको तर्फबाट रु चार करोड ६९ लाख २२ हजार र
बाह्य तर्फको अन्य निकाय, फछ्यौट समेतबाट रु चार करोड ५८ लाख ३७ हजार ५००
आय हुने बताइएको छ ।

कुल बजेट मध्ये चालु खर्चतर्फ प्रशासनिक, एलजिसिडिपी, सेवानिवृत्त सुविधातर्फ रु तीन करोड ८१ लाख ९६ हजार ५०० छुट्याइएको छ भने पुँजीगत तर्फ रु सात करोड ८ लाख ७४ हजार छुट्याइएको छ ।

बजेटमध्ये सामाजिक, भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि रु १३ लाख २९
हजार निसर्त पँुजीगत तर्फ रु एक करोड १७ लाख छुट्याइएको छ । छुट्याइएको बजेटमा
महिला तथा बालबालिका, दलित, जनजाति, आदिवासी, विपन्न समुदायको विकासतर्फ
विशेष ध्यान दिइएको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङले जानकारी
दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement