advertisement
Send Us

नीलकण्ठ नगरपालिकाको बजेट एघार करोड बढी

Click Link to Send:
Click Link to Send:

धादिङ, २२ पुस । नीलकण्ठ नगरपालिकाद्वारा आव २०७२÷७३ का लागि रु ११ करोड २६ लाख ३२ हजार ५०० को नीति कार्यक्रम तथा बजेट सार्वजनिक आज गरिएको छ ।

आव २०७१÷७२ को नगरपालिकाको बजेट रु आठ करोड ५३ लाख ४० हजार रहेको थियो ।

‘वन, पर्यटन, उद्योग, कृषि र आर्थिक पूर्वाधार, समृद्धि र विकास नीलकण्ठ नगरपालिकाको आधार’ भन्ने नारामा आधारित सो नगरपालिकाको दोस्रो नगरपरिषद्बाट स्वीकृत नीति कार्यक्रम तथा बजेट कार्यकारी अधिकृत विश्वराज मरासनीले सार्वजनिक गर्नुभएको थियो ।

बजेट सार्वजनिक कार्यक्रमको उद्घाटन मन्तव्यमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले नगरपालिकाको १३ वटै वडालाई जोड्ने गरी आगामी वर्ष चक्रपथ निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभासद् गुरुप्रसाद बुर्लाकोटी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पूर्व सांसद् रामनाथ अधिकारी, विभिन्न राजनीतिक दलका प्रमुखलगायतले बोल्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement