advertisement
Send Us

औद्योगिक प्रदर्शनी सकियो

Click Link to Send:
Click Link to Send:

बुटवल, २२ पुस । यही पुस ७ गतेदेखि सुरु भएको १३ आँैं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव २०७१ आज सकिएको हो ।

प्रदर्शनीमा अपेक्षा गरेअनुसारको रु १५ करोडको कारोबार भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो ।

पाँच लाख दर्शक भित्र्याउने लक्ष्य लिइएकामा पाँच लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन् ।

तेइस जिल्लाबाट ५२६ स्टल सहभागी रहेको महोत्सवमा बुटवल–नुवाकोट टुर प्याकेज, प्रदर्शनी आइडिएल, लोक दोहोरी प्रतियोगिता, १९ औँ राष्ट्रिय महिला भलिवल प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिएको महोत्सव सचिवालय सचिव तथा सङ्घका महासचिव विष्णुकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

औद्योगिक प्रदर्शनीको आज समापन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारत र चीन नेपालका लागि राम्रो सम्भावना बोकेको बजार भएकाले पनि नेपाली उत्पादनलाई गुस्तरयुक्त बनाउनुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले सके सहमतिमा र सहमति हुन नसके प्रक्रियाबाट भएपनि एक वर्षमा संविधान बनाउन राजनीतिक दलबीच भएको सहमति माओवादीलगायतका दलहरूले नमान्दा निर्धारित मितिमा संविधान दिन नसकिएको प्रष्ट पार्नुभयो ।

अब कुनै पनि हालतमा निर्धारित मिति माघ ८ मा संविधान दिन नसकिने बताउँदै उहाँले भन्नुभयो, “माघ ८ मै संविधान दिन त सकिँदैन । तर संविधानसभाबाटै संविधान दिनका लागि पनि दलहरूबीच सहमति हुन जरुरी छ ।”

Your Opinion

Opinion

advertisement
advertisement