advertisement
Send Us

पोखरा उपमहानगरपालिकाको बजेट ७४ करोड

Click Link to Send:
Click Link to Send:

पोखरा, २ माघ । पोखरा उपमहानगरपालिकाको १९औँ नगरपरिषद्ले आर्थिक वर्ष २०७२÷७३ का लागि रु ७४ करोड १४ लाख ७६ हजार अनुमानित बजेट पारित गरेको छ ।

उक्त अनुमानित बजेट चालु आवको तुलनामा ३०.५९ प्रतिशतले बढी हो ।

कुल बजेटमध्ये आन्तरिक आम्दानीतर्पm रु ३९ करोड ९४ लाख ७६ हजार र बाह्य स्रोततर्पm रु ३४ करोड २० लाख अनुमान गरिएको छ ।

आन्तरिक आम्दानीतर्पm स्थानीय कर रु १३ करोड आठ लाख, सेवा शुल्क रु दुई करोड ७३ लाख, दस्तुरबाट रु १० करोड ५० लाख, बिक्रीबाट रु तीन लाख र अन्य आम्दानी रु एक करोड १९ लाख भएको कार्यकारी अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

त्यस्तै स्रोत परिचालन र लागत सहभागितासमेत रु ११ करोड ३७ लाख २६ हजार, साँवा ब्याजबाट रु चार लाख ५० हजार रहने अनुमान गरिएको छ ।

यसैगरी बाह्यतर्पm नेपाल सरकार, वैदेशिक सहायता एवम् अन्य निकायबाट प्राप्त हुने अनुदान तथा ऋणसमेत गरी रु ३४ करोड २० लाख रहने अनुमान गरिएको छ ।

परिषद्ले व्ययतर्पm पूर्वाधार तथा संरचना विकासमा रु ३८ करोड ५१ लाख ५० हजार, जनसङ्ख्या तथा सामाजिक विकासतर्पm रु १० करोड ४४ लाख ३७ हजार, कृषि, वन तथा वातावरणतर्पm रु पाँच करोड ९६ लाख, भूमि तथा जलस्रोततर्पm रु दुई करोड ६० लाख र प्रशासन तथा सङ्गठनतर्पm रु १६ करोड ६२ लाख ८९ हजार छुट्याइएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement