advertisement
Send Us

म्याग्दीको ढाका विदेश निर्यात

Click Link to Send:
Click Link to Send:

बेनी (म्याग्दी), २ माघ । म्याग्दीको सदरमुकाम बेनीनजिकै अर्थुङ्गे–२ मङ्गलाघाटकी लघुउद्यमी लीलादेवी पुनले ढाका बुनाइबाट मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

आफँैले सञ्चालन गरेको लगनशील तयारी कपडा उद्योगमा उत्पादन गरेका ढाकाको साडी, कुर्ता, चोली, रुमाललगायतका सामग्री बेनी, बाग्लुङ, पोखरा, काठमाडाँैका साथै बेल्जियम, बेलायत, हङकङसम्म निर्यात हुने गरेको लघुउद्यमी पुनले बताउनुभयो ।

लघु उद्यमी सङ्घ र सङ्गम म्याग्दीले २०६५ सालमा सञ्चालन गरेको एकमहिने ढाका बुनाई तालिममा सीप सिकेर आफँैले सुरु गरेको ढाकाको कपडा बुनाइ व्यवसायबाट अहिले मासिक रु २० हजारभन्दा बढीको कपडा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो ।

तालिम लिएपछि घरैमा तान किनेर ढाकाको रुमाल, गलबन्दी, हाप सल बुन्न सुरु गर्नुभएकी पुनले अहिले फुल सल, साडी र कुर्तासमेत बुन्न थाल्नुभएको छ । पुन अहिले नमुना ढाका बुनाइ समूहमा समेत आबद्ध हुनुहुन्छ ।

गत वर्ष घरेलु तथा साना उद्योग विकास समितिको १० हजार अनुदान सहयोगमा १६ हजारमा पाल्पाली तान (मेसिन) खरिद गरेपछि आफूलाई सहज भएको उहाँले बताउनुभयो ।

“पहिला त्यसै बस्थेँ, कुनै आम्दानीको स्रोत थिएन, अहिले फुर्सदको समयको सदुपयोगसँगै आयआर्जनसमेत भएको छ”– लघुउद्यमी पुनले भन्नुभयो । ढाकाको कपडा बुन्नका लागि काठमाडाँैबाट रुवी र कटन धागो खरिद गरी ल्याउने र कपडा बुनेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

पुनले अहिले पाँचदेखि नौ हजारसम्मको साडी, दुईदेखि चार हजारसम्मको कुर्ता, रु ४०० सम्मको गलबन्दी र रु ८० सम्मको रुमाल बुनेर बिक्री गर्दै आउनुभएको छ ।

एउटा साडीलाई चार दिन, कुर्तालाई तीन दिन, सललाई दुई दिनमा तयार गर्नसक्ने पुन बताउनुहुन्छ । “माग पु¥याउनै गाह्रो भएको छ”–पुनले भन्नुभयो–“उत्पादन गरेको कुनै सामग्री घरमा राख्नु पर्दैन सबै बिक्री हुन्छ ।”

उहाँका अनुसार ढाकाको कपडा गर्मीमा शीतल हुने र हस्तकला कपडाको लोकप्रियता बढेका कारण ढाकाको कपडाको माग धेरै आएको छ । ढाका बुनाई सीपबाटै आत्मनिर्भर बनेकी पुन अहिले व्यवसायमा मात्रै सीमित नभई प्रशिक्षकसमेत बन्नुभएको छ ।

पुनले अहिलेसम्म कास्कीको अर्मला, छोरेपाटन, बागलुङको गलकोट, म्याग्दीको रत्नेचौरलगायतका ठाउँमा लघुउद्यमीलाई प्रशिक्षक भएर ढाका बुनाइसम्बन्धी तालिमसमेत दिइसक्नु भएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement