advertisement
Send Us

सङ्घीय गणतन्त्रात्मक संविधानका लागि सबै जाति एकजुट हुनुपर्छ– नेता गुरुङ

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १ माघ । नेकपा–माओवादीका सचिव देव गुरुङले जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणका लागि सबै जाति समुदाय एकजुट हुनुपर्ने बताउनुभएको छ ।

थपल्या व्यासी राष्ट्रिय मुक्ति मोर्चा नेपालले थपल्या व्यासी समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे सङ्क्रान्तिको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता गुरुङले मुलुकमा आमजनताको अधिकार तथा भावनालाई सम्बोधन गर्ने संविधान निर्माणका लागि सबै दलबीच सहमति कायम हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेसम्म राज्यको मूलधारमा आउन नसकेको वर्ग समुदायले मुखरित गरेका मागलाई पूरा गरी सामाजिक आर्थिक रुपान्तरणको उनीहरुको अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

एमाओवादीका केन्द्रीय सदस्य छिरिङ दम्डुल लामाले शीर्ष नेताहरुका कारण नयाँ संविधान समयमै आउन नसकेको भन्दै हरेक समुदायको पहिचानलाई संरक्षण गरी उनीहरुलाई बगैँचाको फूलको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

भोटेलामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अङ्गबहादुर लामाले हरेक समुदायले अधिकार प्राप्त गर्नका लागि सङ्गठित हुनुपर्ने भन्दै जनजातिले जनजातिलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तनको खाँचो रहेको औँल्याउनुभयो ।

कर्णाली विकास आयोगका सदस्य दीपकबहादुर बुढाले व्यासी समुदाय सबैभन्दा उत्पीडित समुदाय भएको उल्लेख गर्दै जातीय पहिचानको साथै क्षमताको पहिचान गर्न पनि आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement