advertisement
Send Us

बैंककमा अपहरणमुक्त भएका नेपाली विद्यार्थी काठमाडौँ आइपुगे

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १ माघ । थाइल्यान्डको बैंककमा गत पुस ५ गते अपहरणपछि प्रहरीको सहयोगमा अपहरणमुक्त हुन सफल तीन नेपाली विद्यार्थी आज काठमाडौँ आइपुगेका छन् ।

बैंककस्थित एजम्पसन युनिभर्सिटी अफ थाइल्यान्डमा अध्ययनरत रोशन श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाल आज दिउँसो नेपाल आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलमा आफन्त तथा साथीहरुले उनीहरुलाई टीका र फूलमाला लगाई स्वागत गरेका थिए ।

कर्ण हाछेथुका बुबा कृष्ण हाछेथुले ठूलो पीडापछि छोरालाई सकुुुशल भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो– “अपहरणको खबर थाहा पाउँदा पीडाले बेहोस जस्तो भएको थिएँ, आज छोरो भेट्दा खुुसीले बेहोसजस्तो भएको छु ।”

अपहरणको सूचना पाएपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी बैंककमै गएर थाई प्रहरीसँग सहकार्य गरी चार दिनपछि अपहरणकारीलाई पक्राउ गरी र अपहरितलाई सकुशल उद्धार गर्नुभएको थियो । अपहरणकारीले नेपालमा फोन गरी प्रत्येकको परिवारबाट रु एक करोड फिरौती माग गरेका थिए ।

ब्युरोका प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले विदेशमा रहेका नेपालीलाई आइपर्ने समस्याको समाधान गर्न नेपाल प्रहरीले समन्वयकारी भूमिका खेल्न सक्ने उदाहरणको रुपमा यो घटनालाई लिइएको बताउनुभयो ।

सो घटनामा सर्लाहीका ३० वर्षीय सुजन यादव भनिने श्रीचन रायले फिरौतीको रकम नेपालबाट पठाउने कार्यमा सहयोगी भूमिका खेलेको भेटिएपछि उनलाई ब्युरोको टोलीले काठमाडाँैबाट पक्राउ गरेको थियो । अपहरणमा संलग्न पाकिस्तानी मूलका बाबु रहेका थाई नागरिक २२ वर्षीय युकास रेहमान, पाकिस्तानी मुलका ४६ वर्षीय मोहम्मद जालिरलगायतलाई थाई प्रहरीले पक्राउ गरेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement