advertisement
Send Us

गोरु जुधाइको रन्को खेलकुद मन्त्रालयले रु पाँच दिने घोषणा

Click Link to Send:
Click Link to Send:

त्रिशूली(नुवाकोट), १ माघ । घिउ, चाकु र तरुल खाएर मनाइने माघेसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिएको छ ।

माघेसङ्क्रान्तिका अवसरमा नुवाकोटका तारुका र बेत्रावतीमा गोरु जुधाइको रमाइलोमा हजारौंँ सहभागी भएर मनोरञ्जन लिए । पशु जुधाएर मनोरञ्जन लिन नहुने तर्क गर्नेहरु समेत बढिरहेका बेलामा मेला हेर्ने दर्शकको सङ्ख्यामा पनि बढ्दै गएको छ । तारुका – ५ चन्दनी, ठूलोपाटोमा आज १६ हल गोरु जुधाइएको छ ।

व्यवस्थित मेला सञ्चालन गर्न थालेपछि पहिलो पटक बाजी गोरु बाजी राखेर विष्णुमान श्रेष्ठले हार्ने गोरुलाई पनि आफ्नै बनाउनुभएको छ । जित्ने गोरुले हार्ने गोरुलाई लैजाने पूर्वसहमतिअनुसार विष्णुमान श्रेष्ठले मदन श्रेष्ठको गोरु लग्नुभएको छ ।
सोह्र हलमध्ये तीन हल गोरु बीचका प्रतिस्पर्धा बराबरीमा टुुङ्गिएको थियो । दुई हल गोरु मैदानमा आइ नजुधीकन फर्केका थिए ।

मेलामा श्याम श्रेष्ठ, पदमकान्त लामिछाने, विष्णुमान श्रेष्ठ, दिनेश दर्लामी, ज्ञानबहादुर तामाङ, हरि श्रेष्ठ, मोतीराम ढकाल, उमेश अधिकारी, दीपक विक, प्रकाश रेग्मीलगायतका गोरुले जितेका थिए । विजयी गोरुलाई रु दुई हजार र हार्ने गोरुलाई रु एक हजार पाँच सय सहभागिताका लागि प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बखरेलले जानकारी दिनुभयो ।
मेलाको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गोरु जुधाइ खेललाई राज्यले महत्व दिने र खेल मैदानका लागि प्रस्ताव ल्याइएमा रु पाँच लाखसम्म मन्त्रालयले योजनामा पारेर सहयोग गर्ने वचन दिनुभयो । उहाँले व्यक्तिगत रुपमा मेलाका लागि रु ५० हजारसहयोगको घोषणा पनि गर्नुभयो ।

तारुकामा गोरु जुधाइको ऐतिहासिक प्रमाण नभेटिए पनि स्थानीयवासीका अनुसार साढे दुई सय वर्षभन्दा पहिलेदेखि नै गोरु जुधाएर मनोरञ्जन लिने गरिएको थियो । राजा रणबहादुर शाह(विसं १८३४–१८५५) दरबारमा साढे पाल्न र जुधाउन सौखिन थिए । उनले दरबारमा साँढ्यावैद्य नै नियुक्त गरेका थिए । उनका पालामा दरबारिया कवि राधाबल्लभ अज्र्यालले वीररसले युक्त ‘साँढ्याको कवित्’ नै लेखेका थिए । विसं २०६१ देखि भने व्यवस्थित गरी एकै थलोमा जुधाउन थालिएको हो ।

यस्तै नेपालको ऐतिहासिकस्थल बेत्रावतीमा पनि आठ हल गोरु जुधाइएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा पनि माघेसङ्क्रान्तिमा गोरु जुधाउन थालिएको हो । गोरु जुधाइमा जित्ने गोरुलाई रु तीन हजार र हार्नेलाई पनि सहभागिताका लागि रु दुई हजार पुरस्कार प्रदान गरिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो । रा

Your Opinion

Opinion

advertisement
advertisement