advertisement
Send Us

सुदूर पश्चिममा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १ माघ । हालसम्म कुनै पनि चिकित्सासम्बन्धी कलेज स्थापना हुन नसकेको सुदूर पश्चिमाञ्चल (सुप) विकास क्षेत्रमा अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना हुने भएको छ ।

सुदूर पश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि तत्काल कार्य अघि बढाउन माग गर्दै पुगेको सुपको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले सो आश्वासन दिँदै प्रतिष्ठान स्थापनाको कार्य तत्काल अघि बढाउन शिक्षा र स्वास्थ्य मन्त्रीलाई निर्देशन दिएर काम अघि बढाइने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले सुपमा यसअघि पनि कलेज स्थापनाका लागि सरकारीस्तरबाट पटक–पटक विभिन्न प्रयास भए पनि हालसम्म त्यसबारेमा कुनै ठोस कार्य नदेखिएकाले अब स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कार्य अगाडि बढाउनुपर्ने प्रतिनिधिमण्डलका तर्फबाट प्रा डा चेतराज पन्तले माग गर्नुभएको थियो ।

चिकित्सा कलेज स्थापनाका लागि कैलालीको गेटामा करिब ८० बिगाहा जमिन छुट््याइनुका साथै करोडौं रुपैयाँ निकासा भए पनि सरकारको लापर्बाहीका कारण त्यस सम्बन्धमा खासै उपलब्धि हासिल भएको देखिँदैन ।

सो अवसरमा नेताहरुले उक्त कार्यका लागि सरोकारवाला दुवै मन्त्रालयको समन्वयमा विधेयक अगाडि बढाउनुका साथै सरकारसँग तत्काल रु एक अर्ब रकम छुट््याउन माग गरेका थिए ।

प्रतिनिधिमण्डलमा नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुपबाट प्रतिनिधित्व गर्ने सबै प्रमुख दलका नेता, सभासद्, चिकित्साकर्मी तथा नागरिक अगुवा हुनुहुन्थ्यो ।

सिँचाइ मन्त्री एनपी साउद, काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता दिलेन्द्रप्रसाद बडू, एमालेका नेता तथा सभासद् कर्णबहादुर थापा, सभासद् भरत खड्का, बहादुरसिंह थापा, प्रेम आले, कल्पना सोव, एलवी रावल, मानबहादुर खत्री, कपिलाल ओखडालगायतको सहभागिता थियो ।

Your Opinion

Opinion

advertisement
advertisement