advertisement
Send Us

गाम्नागेकोे ‘पत्याउँदा पत्याउँदै’ सार्वजनिक

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १ माघ । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेकोे छैटाँै कृति ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह आज यहाँ लोकार्पण गरिएको छ ।

समसामयिक विषयवस्तुमा तिखो प्रहार गर्दै चेतनायुक्त हास्य पस्कन सक्ने गाम्नागेको सो कृतिको विमोचन वरिष्ठ कवि तुल्सी दिवसले गर्नुभएको हो । आफ्नो पचासौँ जन्मदिनका अवसरमा गाम्नागेले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।

सिस्नुपानी नेपालका अध्यक्षसमेत रहनुभएका गाम्नागेका ‘मुला कविता’ ‘राष्ट्रिय ए…कता ?’, ‘उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ’, ‘बोकाको कविता’, मान्छे र आइमाई’, ‘गाली कविता’, दिसा धोएपछि साबुनपानीले हात धुनुपर्छ’, ‘पत्याउँदा पत्याउँदै’ आदि गरी ४३ कविता सङ्ग्रहित छन् । विसं २०४४ यताका फुटकर हास्यव्यङ्ग्य कविताको सङ्कलन कृतिमा छ ।

ऐरावती प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा गाम्नागेकी अर्धाङ्गिनी गीताको ‘एक लभ स्टोरी’ शीर्षकमा भूमिका समावेश हुनु पनि नयाँ प्रयोग मानिएको छ । सो भूमिकामा गाम्नागेको रचनाधर्म र व्यक्तिगत आनीबानीसमेत चित्रण गरिएको छ ।

साहित्यकार दिवसले कविता कहिल्यै बासी नहुने बताउँदै हास्य कवितामा व्यङ्ग्यको मात्रा पनि उत्तिकै हुनुपर्नेमा जोड दिनुभयो । समालोचक डा रामप्रसाद ज्ञवालीले गाम्नागेका कवितामा चेतनाको सौन्दर्य र जागृतिको पक्ष प्रचुर भएको टिप्पणी गर्नुभयो । स्तम्भकार सिके लालले गाम्नागेका कविता समसामयिक र मन छुने भएको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement