advertisement
Send Us

नेपाली सेनाद्वारा खैरा टोलमा न्यानो कपडा वितरण

Click Link to Send:
Click Link to Send:

गौशाला (महोत्तरी), १ माघ । नेपाली सेनाले आज महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर ११ खैरा टोलका गरिब एवं दलित बस्तीमा न्यानो कपडा वितरण गरेको छ ।

जलेश्वरस्थित नेपाली सेनाको ‘शेर गण’ले खैरा टोलका जाडोबाट प्रभावित ४०० जनालाई न्यानो कपडा वितरण गरेको सो गणका गणपति विष्णुबहादुर कार्कीले बताउनुभयो ।

खैराटोलका अति गरिब एवं दलित मुसहर, खत्बे र पासवान बस्तीका ८० परिवारका ४०० महिला, पुरुष तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको गणपति कार्कीले बताउनुभयो ।

तराईमा चलेको शीतलहरका कारण महोत्तरीमा दिनानुदिन बढ्दै गरेको जाडोको बेला न्यानो कपडा पाएर खैराका दलित गरिब निकै खुसी देखिएका थिए ।

Your Opinion

Opinion

advertisement
advertisement