advertisement
Send Us

फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फिदिमलाई

Click Link to Send:
Click Link to Send:

पाँचथर, २२ पुस । सदरमुकाम फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ छैटौँै फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक फिदिम स्पोर्टिङ क्लबले हात पारेको छ ।

आज भएको फाइनल खेलमा क्लबले फ्यान्स क्लब भुटानलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गरेको थियो । फिदिमको जितका लागि मनीष घलेले ४८ औँ मिनेटमा र भिक्टोरेले ७८ औँ मिनेटमा एक एक गोल गरेका थिए । उपाधिसँगै आयोजक क्लबले रु एक लाख ११ हजार १११ तथा उपविजेताले रु ५५ हजार ५५५ हात पारेका छन् ।

यस्तै खेल अवधिभरका उत्कृष्ट खेलाडी क्लबका भिक्टोर घोषित भए । क्लबकै पासाङ तामाङ उत्कृष्ट प्रशिक्षक, विनय श्रेष्ठ उत्कृष्ठ गोलरक्षक तथा उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।

त्यसते भुटानका टिम क्याप्टेन दिनेश कार्की उत्कृष्ट फरवार्ड र आल्विज उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । खेल अवधिभरको सर्वाधिक गोलकर्ताको पुरस्कार भने अनारमनी फुटवल क्लब झापाका कर्ण लिम्बूले हात पारेका थिए । प्रत्येक विधामा उत्कृष्टले रु पाँच हजार, पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।

पूर्वका छ तथा भारत र भुटान गरी आठ टोली सहभागी प्रतियोगिता यही यही पुस १५ गतेदेखि सुरु भएको थियो ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै ‘रासस’का पाँचथर संवाददाता जितेन्द्र भण्डारी र ‘नागरिक’ दैनिकका संवाददाता गिरिराज बास्कोटा जनही रु १०÷१० हजार र प्रमाणपत्रसहित सम्मानित हुनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement