advertisement
Send Us

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २९ पुस । सशस्त्र प्रहरी बल (एपिएफ)ले दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएफले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसहित एपिएफले रु दुई लाख ५० हजार प्राप्त ग¥यो ।

एपिएफले प्रहरीमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो २५–१८ र तेस्रो २५–२३ सेटले विजयी हासिल ग¥यो । उपविजेतामा चित्त बुझाएको प्रहरीले भने रु एक लाख २५ हजार प्राप्त ग¥यो ।

त्यस्तै प्रतियोगितामा तेस्रो स्थान भने न्यु डाइमण्ड स्पोर्टस क्लबले हासिल ग¥यो । सोही मैदानमा तेस्रो स्थानको लागि आजै भएको खेलमा न्यू डाइमण्डले पश्चिमाञ्चल महिला भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । न्यु डाइमण्डले पश्चिमाञ्चललाई २५–२१, २५–२२ र २५–२१ को सेटमा पराजित गरेको थियो । न्यु डाइमन्डले रु ५० हजार पायो ।

यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने एपिएफकी नेबिका चौधरीले पाइन् । उनले उपाधिसहित एक थान स्कुटर प्राप्त गरिन् ।

त्यस्तै उत्कृष्ट स्पाइकर न्यु डाइमन्डकी प्रतिभा माली, सर्भर नेपाल प्रहरीकी रमिला तण्डुकार, उत्कृष्ट ब्लकर एपिएफकी सरस्वती चौधरी, डिफेन्स नेपाल प्रहरीकी कमला पुन, सेटर एपिएफ कै बिनिता बुढाथोकीले प्राप्त गरिन् भने उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका कपिलकिशोर श्रेष्ठले पाउनुभयो ।

उपाधिसहित उत्कृष्ट घोषित हुने खेलाडी एवम प्रशिक्षकले रु पाँच हजार प्राप्त गरे । विजेता खेलाडीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले एक कार्यक्रमवीच पुरस्कार प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित विभिन्न आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता यही पुस २५ गतेदेखि सञ्चालन भएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement