advertisement
Send Us

पशुपति क्षेत्रको सुरक्षा निजी एजेन्सिलाई दिने कोषको तयारी, कोषका पदाधिकारी कमिसनको लोभमा लागेको आशंका

Click Link to Send:
Click Link to Send:

संवेग बस्नेत, काठमाडौं ,पौष २८ – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको सुरक्षाको जिम्मा निजी सुरक्षा एजेन्सिलाई दिने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री अध्यक्ष रहेको सञ्चालक परिषदले निजी क्षेत्रलँई दिने निर्णय गरेको हो ।

सञ्चालक परिषदको पौष ९ गतेको निर्णयले त्यहां कार्यरत सुरक्षा कर्मीको खाइपाइ आएको जागिर खोसिने भएको छ । त्यहां हाल कोषकै मातहतमा एक जना सुरक्षा अधिकृत सहित ५६ जना सुरक्षाकर्मी कार्यरत छन । त्यहां कार्यरत सुरक्षाकर्मी कोषकै तलबमा करारमा नियुक्त भएका हुन । सुरुमा २०५९ सालमा बसन्त चौधरी कोषको सदस्य सचिव हुदा गोरखापत्रमा सुचना निकाली ४४ जना सुरक्षाकर्मी नियुक्त गरिएको थियो ।

पछि एकीकृत नेकपा माओवादीको सरकारमा नियुक्त पाएका कोषका सदस्य सचिव परमानन्द शाक्यले २८ जना वाइसिएलका कार्यकता नियुक्त गरका थिए । कोषले माघ ८ पछि टेण्डर आव्हान गरि सुरक्षासेवालाई निजी क्षेत्रलाई दिने तयारी गरेको त्यहां कार्यरत एक सुरक्षाकर्मीले जानकारी दिए । त्यहां कार्यरत सुरक्षाकर्मीले १० वर्ष सेवा गरेका कर्मचारीलाई स्थायी गर्नुपर्ने समयमा सेवाबाटै निकाल्न खोजिएकोमा दुख व्यक्त गरे ।

उनीहरुले आफुहरुलाई सेवाबाट निकालिए ससक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । परिषदको पौष ९ गते बसेको बैठकले गरेको निर्णय नम्बर ६ मा पहिला कोषले नै सुरक्षाकर्मी करारमा नियुक्त गर्ने उल्लेख भएको मा पछि निजी संस्थालाई दिने र यहां कार्यरत सुरक्षाकर्मीलाई पनि त्यही निजी कम्पनीलाई राख्नका लागि आग्रह गर्ने उल्लेख छ ।

परिषदको यो निर्णयमा कुनै पूर्वाग्रह भन्दा पनि कमिसनको खेल हुन सक्ने आशंका गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement