advertisement
Send Us

अक्षराङ्कन प्रणाली कार्यान्वयनका लागि कार्यदल

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । प्रवेशिका परीक्षा सञ्चालन समितिको आजको बैठकले परीक्षामा अक्षराङ्कन प्रणाली कार्यान्वयनको विधि तर्जुमा गर्न परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेको संयोजकत्वमा विज्ञसहितको नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको बैठकले गठन गरेको सो समितिमा त्रिविका विशेषज्ञ, उच्चमाध्यामिक शिक्षा परिषद्का परीक्षा उपनियन्त्रक, पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागका प्रतिनिधि तथा परीक्षा नियन्त्रण कार्यालयका प्रमाणपत्र र इन्जिनियरिङ शाखाका उपनियन्त्रक सदस्य रहनेछन् ।

द्वारेका अनुसार कार्यदलले विस्तृत अध्ययन गरी तीन महिनाभित्र राष्ट्रिय पाठ्यक्रम तथा विकास मूल्याङ्कन परिषद्लाई प्रतिवेदन पेस गर्नेछ । परिषद्को अध्यक्ष शिक्षामन्त्री हुने व्यवस्था छ ।

परिषद्ले गत महिना गरेको निर्णयअनुसार यस वर्षदेखि सबै विषयमा अक्षराङ्कन प्रणाली लागू गरिने छ । सो प्रणालीअनुसार विद्यार्थीको प्रमाणपत्रमा उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी प्राप्ताङ्कअनुसार ए, बी, सी र डी भनी वर्गीकरण गरिनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement