advertisement
Send Us

सडक पुनःनिर्माणको काम समयमै सक– प्रम कार्यालय

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौँ उपत्यकाभित्र जारी सडक विस्तार तथा पुनःनिर्माणको कामलाई तत्काल सक्न र त्यसका लागि आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीको अध्यक्षतामा आज बसेको सरोकारवाला निकायका प्रतिनिधिको बैठकमा स्थानीय जनताको मागअनुसार सडक निर्माणको गति बढाउन निर्देश गर्नुभएको हो ।

तोकिएका लक्ष्यभन्दा कम प्रगति भएको भन्दै प्रधानमन्त्री कार्यालयले सडक विभागलाई सडक पुनःनिर्माण कार्यमा भएको ढिलाइका बारेमा लिखितरुपमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।

गत असार मसान्तसम्म कूल ७१ किलोमिटर सडक पुनःनिर्माण भइसक्नुपर्ने भए पनि हालसम्म सात किलोमिटर मात्र सडक मात्रै पुनःनिर्माण भएको छ ।

निर्माण कार्यमा सुस्तता बढेका कारण काठमाडौँको यातायात व्यवस्थापन र सडक यात्रुलाई बढी समस्या परेको छ । धुलोका कारण स्वास्थ्य समस्यासमेत बढेको भन्दै तत्काल पुनःनिर्माण गर्न सडक विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सचेत गराइएको सचिव सुवेदीको भनाइ छ ।

यस्तै रत्नपार्क–पुतलीसडक–डिल्लीबजार–मैतीदेवी–सिनामङ्गल सडकलाई उच्च प्राथमिकतामा राखी तत्काल नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको पोल तथा तार व्यवस्थापन गर्न, खानेपानीको पाइपको उचित व्यवस्थापन गर्न, ती स्थानमा तत्काल ग्राभेल गर्न, सडक पेटी बनाउन र आगामी वैशाख मसान्तसम्म पुनःनिर्माण सम्पन्न गर्न निर्देश गरेको छ ।

यस्तै लैनचौर–बालाजु सडक खण्डको पुनःनिर्माण सम्पन्न गर्न, खानेपानीको पाइप बिछ्याउने कामलाई पूर्णता दिन, सोह्रखुट्टे पाटीको तत्काल उचित व्यवस्थापन गर्न, विद्युत् टेलिफोनका तारको व्यवस्थापन गर्नसमेत निर्देश गरिएको सचिव बाँस्कोटाको भनाइ छ ।

बैठकमा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना निर्देशनालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement