advertisement
Send Us

चार जिल्लामा रु १ करोड ५० लाख बराबरको सामाग्री प्रजनन स्वास्थ्य सामग्री प्रदान

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २८ पुस । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले मध्यपश्चिमाञ्चलका चार जिल्लामा गर्भवती, सुत्केरी तथा प्रजनन उमेर समूहका महिलालाई करिब रु एक करोड ५० लाख बराबरको सामग्री उपलब्ध गराएको छ ।

गएको वर्षायाममा मुलुकभर आएको बाढी पहिरोबाट प्रभावित २३ जिल्लामध्ये अति प्रभावित बाँके, बर्दिया, सुर्खेत र दाङमा नेपाल सरकारको अनुरोधमा युएनएफपिएले उक्त सामग्री प्रदान गरिसकेको जनाएको छ ।

सो कार्यको थालनी गएको असोज महिनाबाट सुरु गरिएको थियो । उक्त संस्थाले प्रदान गरको प्रजनन् स्वास्थ्य सामग्रीमा औषधि, उपकरणका साथै सुरक्षित सुत्केरी सामग्री, परिवार नियोजनका साधनहरु, यौन तथा सरुवा रोगको उपचार सामग्री र गर्भखेर जाँदा उपचारका लागि आवश्यक पर्ने व्यवस्थापन सामग्री रहेका छन् ।

उपलब्ध गराइएका सामग्रीले प्रत्येक जिल्लामा करिब ४० हजारभन्दा बढी जनसङ्ख्यालाई तीन महिनासम्म प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने बताइएको छ ।

जाडोका लागि आवश्यक न्यानो कपडा सुईटर र पछ्यौरा, साडी, म्याक्सी, पेटिकोट, ब्लाउज, भित्री वस्त्र, महिनावारी हुँदा प्रयोग गरिने प्याड, लुगाधुने साबुन, टर्चलाइटसमेत प्रदान गरिएको छ ।

प्रजनन स्वास्थ्य सामग्री इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वास्थ्य कार्यालय र महिला तथा बालबालिका जिल्ला कार्यालयद्वारा हस्तान्तरणको व्यवस्था मिलाइएको थियो ।

नेपालमा युएनएफपिएले सरकार, संयुक्त राष्ट्रसङ्घीय अन्य निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विकास साझेदार र विपद्को क्षेत्रमा विशिष्ट पहिचान भएको नेपाल रेडक्रस सोसाइटी जस्ता सङ्घसंस्थाहरुसँग मिलेर विपदको अवस्थामा प्रजनन स्वास्थ्य सेवाको उपलब्धता तथा सुनिश्चित र लैङ्गिक हिंसा रोकथाम गर्न पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक काम गर्दै आएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement