advertisement
Send Us

सिंहको सम्झनामा

Click Link to Send:
Click Link to Send:

काठमाडौँ २८ पुस । गणेशमान सिंह जन्मशताब्दीका अवसरमा आगामी माघ १० गतेदेखि मनाइने सहिद सप्ताहमा गणेशमान सिंहले भद्रगोल कारागारबाट भागेको ठाउँबाट बलिदानीे यात्रा गरिने भएको छ ।

नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले आगामी फागुन २५ गतेदेखि चैत १ गतेसम्म नेपाल कला परिषद्मा ऐतिहासिक फोटो प्रदर्शनी हुने जानकारी दिनुभयो ।

जन्मशताब्दीका अवसरमा हुलाक टिकट र सिक्का प्रकाशनका लागि गणेशमान सिंह फाउन्डेसनले पहल गरेको छ । त्यस्तै चैत २६ गते आर्थिक क्रान्ति र समावेशी ‘समाजका सूत्रधारका अवधारणाको सान्र्दर्भिकता’ विषयमा विचार गोष्ठी हँुदैछ जसमा २०४६ माघ ५ गते सिंहद्वारा आह्वान गरिएको भेलामा सहभागी भारत, बेलायत, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिलाई समेत सहभागी गराउने कार्यक्रम तय भएको फाउन्डेसनले जनाएको छ ।

विसं १९९७ मा प्रजापरिषद्का नामबाट भएको पहिलो सङ्गठित जनविद्रोहका नेताका रुपमा आजन्म कारावासको सजाय झेलिरहेका सिंहले राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि क्रान्ति गर्न २००१ सालमा भद्रगोल कारागारको पर्खाल नाघेर भाग्नुभएको थियो ।

सिंहको जन्मशताब्दी मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु एक करोड विनियोजन गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement