advertisement
Send Us

विसं २०४७ को संविधान माग

Click Link to Send:
Click Link to Send:

काठमाडौँ २२ पुस । राष्ट्रवादी नागरिक समाजले ‘नेपाल अधिराज्यको संविधान२०४७ ’ पुनःस्थापनाको माग गर्दे आज यहाँ जनसभा गरेको छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, शान्ति विकासका लागि २०४७ सालको संविधानलाई क्रियाशील गराउन उक्त अभियान सुरु गरिएको अभियानका संयोजक किशोरबहादुर सिंहले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व सञ्चारराज्यमन्त्री श्रीशशम्शेर जबरा, शिवसेना नेपालका अध्यक्ष विक्रम बम, युवा नेत्री लक्ष्मी मल्ल, राष्ट्रवादी गान्धी पार्टीका अध्यक्ष रामनारायण यादव, राप्रपा नेपालका केन्द्रीय सदस्य रुपसिंह थापा, अधिवक्ता बालकृष्ण न्यौपाने र राष्ट्रवादी एकता पार्टीका अध्यक्ष उमा श्रेष्ठले २०४७ सालको संविधान प्रजातान्त्रिक, वामपन्थी र राजावादी शक्ति मिलेर बनाएको भन्दै यसैलाई लागू गर्नुपर्ने बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement