advertisement
Send Us

चार किलो सुन चोरी निकासी गर्ने दुइ ब्यक्ति पक्राउ

Click Link to Send:
Click Link to Send:

काठमाडौ,२७ पुस । चीनको तातोपानी नाकाबाट भन्सार छलि अवैधरुपमा सुन ल्याउने दुइ व्यक्तिलाई प्रहरीले चार किलो सुनसहित पक्राउ गरेको छ ।

हिजो मध्यपुर ठिमी न.पा.वार्ड नं ं१७ सानोठिमी स्थित प्रविन तिमिल्सीनाको घर कोठाबाट दुइ किलो सुन तथा दुवाकोट गा.वि.स.वार्ड नं.१ स्थित देउता तिमिल्सिनाको घरकोठाबाट दुइ किलो गरि कुल चार किलो सुन सहित निजहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान बिभाग पुल्चोक ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

साथै अनुसन्धानको सिलसिलामा पक्राउमा परि आएका उल्लेखित ब्यक्तिहरुबाट भन्सार छलि सुन निकासी गरि ल्याउने कार्यमा अन्य ब्यक्तिहरु समेतको संलग्नता रहेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement