advertisement
Send Us

राष्ट्रिय महिला भलिबल

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २७ पुस । राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी क्लब र ससस्त्र प्रहरी बल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सो प्रतियोगितामा नेपाल प्रहरी क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो ।

त्यस्तै एपिएफले भने चण्डेश्वरी युवा क्लबलाई ३–० को सोझो सेटमा नै पाखा लगाउँदै सेमिफाइनलमा आफनो यात्रा सुनिश्चित ग¥यो । प्रहरीले ढोरपाटनलाई २५–६, २५–६ र २५–७ को सोझो सेटमा पाखा लगाएको थियो ।

एपिएफले भने चण्डेश्वरीलाई २५–७ र २५–७ र २५–८ सेटले पराजित ग¥यो । सेमिफाइनल भिडन्तमा प्रहरीले पश्चिमाञ्चलसँग भिड्नेछ भने एपिएफले न्यू डाइमण्ड क्लबको सामना गर्नेछ ।

यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले न्यू डाइमण्ड क्लबलाई ३–२ सेटले पराजित ग¥यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पश्मिाञ्चलले पहिलो र दोस्रो सेट २५–२३ र २५–२२ ले लगातार आफनो पक्षमा पारेता पनि तेस्रो र चौथो सेट भने न्यू डाइमन्डले २५–२२, २५–१३ ले जित्यो ।

त्यस्तै खेलको अन्तिम सेट पश्चिमाञ्चलले न्यू डाइमण्डलाई १५–१२ पराजित गर्दै विजयी भयो ।

Your Opinion

Opinion

advertisement
advertisement