advertisement
Send Us

राष्ट्रिय महिला भलिबल प्रतियोगिता

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यसै सातादेखि राजधानीमा दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिता यही पुस २५ देखि २९ गतेसम्म हुनेछ । आयोजकका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भलिबल लोकप्रिय खेल भएकाले यसको विकास र विस्तारका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो ।

प्रतियोगितामा आयोजक नेपाल एपिएफ क्लबसहित नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डाइमन्ड स्पोर्टस क्लब, चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र गाउँ खेलकुद विकास समिति दाङ गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कुल पुरस्कार राशि रु चार लाख २५ हजार रहेको उक्त प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकले जनही रु पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement